काठमाडौं । जिम्बावे भ्रमणमा रहेको बंगलादेशका महत्वपुर्ण खेलाडीले सिरिजको बाँकी गुमाउने भएका छन् ।
बंगलादेश टी-ट्वान्टी टोलीका कप्तान समेत रहेका नुरुल हसनले सिरिजको बाँकी खेल गुमाउने भएका छन् ।
विकेटकिपर समेत रहेका हसनको आईतबार भएको दोस्रो टी-ट्वान्टीका क्रममा औलामा चोट लागेको थियो । ३ खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा रहेको छ ।
तेस्रो तथा निर्णायक टी-ट्वान्टी खेल मंगलबार रहेको छ ।
बंगलादेश क्रिकेट बोर्डले तेस्रो टी-ट्वान्टीका लागि कप्तानको घोषणा गरेको छैन् ।
दुई देशबीच अगस्ट ५ देखि हरारेमा तीन खेलको एकदिवसीय सिरिज रहेको छ ।