काठमाडौं । नेपालकी उपकप्तान सिता राना मगरको आईसीसी टी-ट्वान्टी ब्याटिङ वरीयता खस्किएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा सिताको वरीयता झरेको हो ।
नयाँ वरीयतामा सिता ८९ औं स्थानमा रहेकी छिन् । यस अघि सिता ८५ औं स्थानमा रहेकी थिइन् ।
सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् ।
ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा रहेकी छिन्।
अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानीङ चौंथो र न्युजिल्याण्डकी सोफि डिभाइन पाँचौ स्थानमा रहेकी छिन् ।
आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ।