एजेन्सी । भारतीय बलर जस्प्रित बुम्राहले इंग्ल्यान्डविरुद्धको चौंथो तथा अन्तिम टेस्ट नखेल्ने भएका छन् ।
बीसीसीआईले शनिबार बलर बुम्राहलाई टिमबाट रिलिज गरेपछि उनले अन्तिम टेस्ट गुमाउने भएका हुन् ।
बुम्राहले व्यक्तिगत कारण देखाएर आफुलाई टिमबाट रिलिज गर्न आग्रह गरेका थिए ।
बुम्राहको आग्रहपछि बीसीसीआईले उनलाई रिलिज गरेको हो ।
उनको स्थानमा भारतले अन्य खेलाडीलाई बोलाएको छैन ।
भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट मार्च ४ मा सुरु हुनेछ ।
इंग्ल्यान्डविरुद्ध भारत ४ खेलको सिरिजमा २-१ ले अघि रहेको छ ।