एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स हेल्सले फेरी सिड्नी थन्डरबाट अष्ट्रेलियाको बिग बास लिग खेल्ने भएका छन् ।
सिड्नीले ३१ वर्षीय ब्याट्सम्यान एलेक्ससँग नयाँ सिजनको लागि सम्झौता गरेको छ ।
सिड्नीले उनलाई विदेशी कोटामा अनुबन्धित गरेको हो । एलेक्ससँग सिड्नीले एक वर्षको लागि सम्झौता गरेको छ ।
गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि सिड्नीले एलेक्ससँग नयाँ सम्झौता गरेको हो ।
एलेक्सले गत सिजन १७ खेलमा ५ सय ७६ रन बनाएका थिए । उनी गत सिजन सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका थिए ।
एलेक्स यस वर्षको बिग बास लिगका लागि अनुबन्धित हुने इंग्ल्यान्डका तेस्रो खेलाडी हुन् ।
यस सिजन टम बानटन ब्रिसबेन हिट र टम करन सिड्नी सिक्सर्समा अनुबन्धित भईसकेका छन् ।