काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा अहिले मराठा अरेबियन्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
आबु धाबीमा अरेबियन्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । सन्दीपको टिम कर्नाटकाले बलिङ गरिरहेको छ ।
अरेबियन्सविरुद्ध सन्दीप दोस्रो ओभरमा विकेट लिन सफल भएका छन् । सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा एडम ल्याइथलाई ५० रनमा आउट गरे ।
दोस्रो ओभरमा सन्दीपले ११ रन खर्चिए ।
सन्दीपले पहिलो ओभरमा १४ रन खर्चिएर विकेट लिन सकेका थिएनन् ।