पुलिस क्लबका दुवै टोली फाईनलमा
नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको फाईनल प्रवेश गरेका छन् ।
By खेलपाटी संवाददाताशुक्रबार, असार २९, २०८०
नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको फाईनल प्रवेश गरेका छन् ।
दुई सेट जितेर १ अंक सुरक्षित गरेको हेल्प नेपालले फाइनलमा नेपाल पुलिससँगको भेट पक्का गरेको हो ।
पुलिसले समूह चरणको अन्तिम खेलमा अर्को विभागिय टोली नेपाल एपीएफ क्लबलाई पराजित गरेको हो ।
पुलिस समूह चरणको एक खेल अगावै फाइनल प्रवेश गरेको थियो । पुलिसले शुक्रबार भएको खेलमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गरेको हो ।
नेपाल भलिबल संघको आयोजनामा भएको लिग प्रतियोगितामा आज नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० ले पराजित गरेको छ ।
त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा जारी प्रतियोगिताको मंगलबारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै न्यु डायमन्डले लगातार तेस्रो जित हात पारेको हो ।