काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिला तर्फको खेलमा विभागिय टोली नेपाल पुलिस क्लब विजयी भएको छ।
आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा पुलिसले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गरेको हो ।
पुलिसले ३-० को सेटमा जित हात पारेको हो । पुलिसले २५-१६, २५-१५ र २६-२४ को सोझो सेटमा पराजित गर्यो ।
पुलिसको यो लगातार चौथो जित हो । एपीएफ भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो ।
प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
फाइनल खेल असार ३० गते शनिबार छ ।