किर्तिमानसहित नासिर विश्व च्याम्पियनसिपमा छनोट
नेपाल पौडी संघले आईतबार २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनौट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनौट भएका हुन् ।












