काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा असोजमा हुने भएको छ ।
बिहीबार बसेको एन्फाको दोस्रो कार्यसमिति बैठकले विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय गरेको हो ।
एन्फाले विशेष साधारण सभा काठमाडौंमा हुने जनाएको छ ।
एन्फाको नयाँ नेतृत्व आएपछि पहिलो पटक विशेष साधारण सभा डाकिएको हो।
विशेष साधारण सभाले एन्फाको बाँकी दुई सदस्य चयन गर्नेछ ।
चुनावी साधारणसभामा दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार दुई सदस्य चयन आउने साधारणसभाले गर्ने भएको हो ।