काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न गठित समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार समितिले बुझाएको सुझाबसहितको प्रतिवेदन सार्वजनिक गरेको हो।
एन्फाले गठन गरेको तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई एसियन कप छनोटपछि अर्को बिकल्प खोज्न गर्न सिफारिस गरेको छ ।
यस्तै समितिले टिमको व्यवस्थापकलाई एसियन कप छनोटपछि हटाउन सुझाब दिएको छ ।
प्रतिवेदनमा खेलाडी समेत दोषी देखिएका छन् ।
समितिले राष्ट्रिय खेलाडीले अनुशाशनहिन र गैरजिम्मेवारीपूर्ण काम गरेको देखिएको हुँदा गल्ति नदोहोर्याउने प्रतिबद्दता जनाएका एसियन कप छनोटमा मात्र उनीहरुलाई बन्चित गर्न सिफारिस गरेको छ ।
यस्तै खेलाडीलाई यस्ता विवाद नउठाउन सूचित गरिएको छ ।
खेलाडी प्रशिक्षक विवादको छानविन गर्न एन्फाको कार्यसमिति बैठकले भुतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समिति गठन गरेको थियो ।
राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडीले एफसी कप छनोटको बन्द प्रशिक्षण छाडेर बाहिर निस्किएपछि घटना सार्वजनिक भएको थियो । उपकप्तान रोहित चन्द सहितका खेलाडीले प्रशिक्षणको क्रममा राम्रो बस्न र खानको प्रबन्ध गर्न अनुरोध गरेपछि प्रशिक्षक अलमुताईरीले चन्दलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए ।
के छ प्रतिवेदनमा ?