काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार समितिले बुझाएको सुझाबसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
एन्फाले नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेको थियो । छानबिन समितिमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका थिए ।
मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माघ राख्दा प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन् ।
के छ प्रतिवेदनमा ?