काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का आसन्न निर्वाचनका लागि पंकज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
एन्फाको उपाध्यक्ष समेत रहेका नेम्बाङले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
नेम्बाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यस्तै पंकज प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा विभिन्न जिल्ला, क्लब र संघका प्रतिनिधि सहभागी थिए ।
एन्फाको निर्वाचनका लागि आज शुक्रबारबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुदैछ ।
यस अघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा नेतृत्वका लागि निर्वाचित भएका थिए ।