काठमाडौं । राजकुमार कार्की अन्तर्राष्ट्रिय खेलकुद महासंघको सदस्यमा निर्वाचित भएका छन् ।
फ्रान्समा भएको महासंघको साधारण सभाले कार्कीलाई सदस्यमा निर्वाचित गरेको बताइएको छ ।
कार्की नेपाल विद्यालय खेलकुद महासंघ र राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव हुन् ।
कार्की चार कार्यकालका लागि सदस्यमा निर्वाचित भएका हुन् ।