एक्सेल्सियरको सहज जित
स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले होली भिजनलाई ८–३ गोलले सहजै पराजित गर्यो ।
स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले होली भिजनलाई ८–३ गोलले सहजै पराजित गर्यो ।
एनआरएचएसएसले लोक आदर्शलाई २–० तथा रिब्सले राजन मेमोरियललाई ६–० गोलले पराजित गर्यो ।
सिनियर ब्वाइजमै एलआरआई त्रिनेत्रले १–१ गोलको बराबरी खेल भने स्राइन मोडेलले राजन मेमोरियल स्कुललाई ५–२ गोलले पन्छायो ।
विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्वालिफायरमा साइपालले समृद्धि गोरिल्लाजलाई ५४–३२ ले पराजित गर्यो ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा उपाधि दाबेदार साइपालले काठमाडौं नर्थ पोल क्लबलाई ६८–४१ ले पराजित गर्यो ।
चण्डोलस्थित बीएमकेको कोर्टमा सन्जु हुवाइको १२ अंक सहयोगमा काठमाडौं नर्थ पोलले अर्को आयोजक एनसीसीएसलाई २९–२४ को साँघुरो अन्तरले हरायो । पराजित एनसीसीएसकी लोमससिंह श्रेष्ठले पनि १२ अंक जोडिन् ।
मोक्षदा स्कुलमा सञ्चालित प्रतियोगिताको छात्रतर्फको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मोक्षदाले लभ्ली एन्जल्सलाई २६–२४ ले पराजित गरी उपाधिमाथि कब्जा जमायो ।
स्पोर्ट्स मिटअन्तर्गत यसअघि टेबलटेनिस, ब्वाइज क्रिकेट र ब्वाइज फुटसल सम्पन्न भइसकेको छ ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा हिमालयले डिफेन्डिङ च्याम्पियन ग्रामर पब्लिक स्कुललाई ५२–४८ ले पराजित गर्यो ।
मंसिर २२ गतेदेखि सुरु प्रतियोगितामा आयोजक त्रिज्योतिको २ सहित २२ टिम सहभागी थिए ।