काठमाडौं । आयोजक काठमाडौं बर्नहार्ट कलेजले नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार विजयी सुरुआत गरेको छ ।
बल्खुस्थित घरेलु कोर्टमा बर्नहार्टले आईडियल मोडेललाई ३८–२४ ले पराजित गर्यो । बर्नहार्टका प्रमोद श्रेष्ठले ११ अंक जोडे ।
ब्वाइजकै अन्य खेलमा न्यु जेनिथले एभरेष्टलाई ५०–२५, ज्ञान निकेतनले एलाइनलाई ८०–२४, समृद्धिले अर्निकोलाई ५०–२०, मोर्गनले होली भिजनलाई ५९–३९ र एलआरआईले जेभियर इन्टरनेसनल कलेजलाई ५१–४७ ले हराए । ज्ञान निकेतनका सुजन थपलियाले १०, समृद्धिका राजु महर्जनले १६, मोर्गनका प्रसिद्ध गुरुङले २१ र एलआरआईका सन्चितले १६ स्कोर गरे ।
गल्र्समा डिफेन्डिङ च्याम्पियन जेभियर इन्टरनेसनलले मोर्गनलाई ४६–४० ले पन्छ्यो । जेभियरकी अस्मिता केसीले १२ अंक जोडिन् ।
प्रतियोगिताको आयोजक कलेजका चेयरम्यान भुपेश छत्कुलीले एक कार्यक्रमबीच उद्घाटन गरे । भदौ २१ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १७ र गल्र्समा ६ टिम सहभागी छन् ।