काठमाडौं । भ्याली पब्लिकको सिनियर ब्वाइज र गल्र्स दुवै टिम चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले बीएनएलाई ५६–४८ ले पराजित गर्यो । भ्याली पब्लिकका सुमार्ग गुरुङ र सुमन चापागाईंले समान १९ अंक जोडे । सेमिफाइनलमा भ्याली पब्लिकले ग्रिनल्यान्ड तथा टीआईएले गोल्डेनपिक विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
सिनियर गल्र्समा भ्याली पब्लिकले स्किब्सलाई ३०–२६ ले हराउदै ग्रिनल्यान्डसंग सेमिफाइनल भेट पक्का गर्यो । भ्याली पब्लिकका सुमिना तामाङ र पुर्णिमा परियारले समान १२ अंक जोडे । अर्को सेमिफाइनल टीआईए र एचएचसीएबीच हुनेछ ।
जुनियर ब्वाइजमा लालीगुराँसले गोल्डेनपिकलाई ३०–२४, ग्रिनफिल्डले सेबलाई ३८–३०, एचएचसीएले एन्जल्स हर्टलाई २५–२४ र ओडिसीले इबीएलाई २५–२४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
लालीगुराँसका रोशन घलेले १०, ग्रिनफिल्डका गोविन्द शाहीले १४, एचएचसीएका निशान्त राईले ९ र ओडिसीका साजन तामाङले १० अंक जोडे ।