काठमाडौं । आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
रेडिअन्टले नेपालयलाई ६५–५० ले पराजित गर्यो । रेडिअन्टको जितमा उपेन्द्र बस्नेतले १९ अंक योगदान गरे ।
सिनियर ब्वाइजमै निम्स, रुपिज र ओसिस पनि सेमिफाइनलमा पुग्न सफल भए । राजन डंगोलको १२ अंक सहयोगमा निम्सले नेपाल सेन्ट्रललाई ४१–३४ ले हरायो ।
रुपिजले द एक्सेल्सियरलाई ४६–४२ तथा ओसिसले ग्रिनफिल्डलाई ३७–३३ ले पाखा लगाए । रुपिजका आदित्य गुरुङले १८ तथा ओसिसका छेडुप लामाले १५ स्कोर गरे ।
सिनियर गल्र्समा इनोभेटिभले न्यु भिजनलाई २३–१५, द चाँदबागले सिद्धार्थ बनस्थलीलाई २९–२० तथा एलआरआईले स्वर्णिमलाई १७–१३ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । इनोभेटिभकी स्वच्छता थापाले ७, चाँदबागकी प्रगति तिवारीले १२ र एलआरआईकी दीपशिखा विष्टले ८ अंक जोडे ।
निम्स यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
जुनियर ब्वाइजमा स्वर्णिमले नेपाल सेन्ट्रललाई ७–३ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
स्वर्णिमका दीपेश शाक्यले ५ स्कोर गरे । आयोजक रेडिअन्ट, महामञ्जुश्री र सेब सेमिफाइनलमा पुगिसकेका छन् ।