काठमाडौं । विल्सन एकेडेमी र ग्रिनल्यान्ड आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
विल्सनले आयोजक ग्रिनफिल्डलाई २२–९ ले पराजित ग¥यो । विल्सनको जितमा प्रशंसासिंह ठकुरीले ६ अंक योगदान गरिन् । सुजाता क्षेत्रीको ४ अंक सहयोगमा ग्रिनल्यान्डले काठमाडौं जेभियरलाई १२–१ हरायो । एलआरआईले स्वप्न वाटिकालाई २३–८ ले पाखा लगायो । एलआरआईकी सोनिया गुरुङले १४ अंक जोडिन् ।
जुनियर ब्वाइजमा एन्जल्स हर्टले ग्रिन लन्सलाई २१–९ तथा स्वप्न वाटिकाले पिपुल्स एकेडेमीलाई १९–१२ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । एन्जल्स हर्टका शेखर मगरले १० तथा स्वप्न वाटिकाका अर्पण राईले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनले नेपालयलाई ६६–४०, पुष्पसदनले लोक आदर्शलाई ३६–२९ र ग्रिनल्यान्डले न्यु जेनिथलाई ४१–३० ले निराश पार्दै प्रिक्वाटरफाइनलमा पुगे ।
ज्ञान निकेतनका सम्राट भुमिले २९, पुष्पसदनका कर्मा गुरुङले १५ र ग्रिनल्यान्डका राजीव आले मगरले १० स्कोर गरे । सिनियर ब्वाइजकै अन्य लिगमा विल्सनले ग्रिन लन्सलाई ३९–२६ तथा काठमाडौं जेभियरले एलाइट को–एडलाई ३८–२७ ले पराजित गरे । विल्सनका विनोद सेनले २४ तथा काठमाडौं जेभियरका प्रशान्त चाहरले ११ अंक बटुले ।