पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलकुदको क्षेत्रमा सहारा क्लब पोखराले गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
सहारा क्लब पोखरा र युकेको टोलीसंगको संयुक्त भेटका क्रममा बोल्दै प्रमुख गुरुङले युवाको सहभागीतामा जनस्तरबाटनै आर्थिक संकलन गरेर यति ठुलो कार्य हुनु प्रशंसा योग्य रहेको उल्लेख गरे ।
उनले सहारा क्लब पोखरा र युकेले खेल क्षेत्रमा गरेको उत्कृष्ट कार्यको जानकारी पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा क्लबको बिकासका लागी आफनो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता ब्यक्त गरे ।
उनले क्लबले खेलेको भुमिका गण्डकी प्रदेशका लागिनै गर्वको बिषय भएको उल्लेख गरे ।
प्रदेश प्रमुख गुरुङले पुरानो सरकारले गरेको सहायोगलाई निरन्तरता दिदै सहयोग क्षेत्रलाई बढाएर यस्ता क्रियाशील संस्थालाई प्रोसाहित गर्न सके अरुलाई पनि प्रेरणाको श्रोत बन्न सक्ने बताए ।
सहारा युकेका अध्यक्ष कुशाङ गुरुङ र सहारा युकेका पुर्व अध्यक्ष कुमार गुरुङले युकेमा रहेर सहारा क्लब पोखराका कठिन दिनमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै अहिले सहारा क्लब युकेले गरिरहेका गतिबिधिका बारेमा जानकारी दिए ।
उनले सहारा क्लव पोखराले अब सधै एकै ब्यक्ति संस्थासंग हात फैलाएर मात्र क्लब सन्चालन गर्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्ने भन्दै अब यसमा प्रदेश सरकारले पनि दायित्व लिनुपर्ने बताए ।
सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङले सहारा क्लब पोखराले गर्न लागेको २० औ आहा–रारा गोल्डकपका बारेमा जानकारी गराउँदै, हालको समय परिस्थितिले गर्दा नेपाल सरकारद्धारा जारी स्वास्थ्य मापदण्डलाई पालाना गर्दै कम दर्शक राखेर खेलाउनु पर्ने वाध्यता रहेकाले क्लबलाई प्रदेश सरकारबाट उचित सहयोग भएमा खेल सन्चालनमा सहयोग हुने बताए ।
सहारा क्लब पोखराका पुर्व अध्यक्ष बिक्रम थकालीले कोभिड समस्याका कारण क्लबले सन्चालन गर्दै आएको सहारा एकेडेमीलाइ निरन्तरता दिन निकै कठिन बन्दै गएको उल्लेख गर्दै यसमा प्रदेस सरकारको प्रत्यक्ष सहयोगको अपेक्षा गरे ।
यहि माघ ६ गते देखि १६ गते सम्म पोखरा रंगशालामा हुने २० औ संस्करणको आहारारा गोल्डकपमा सहभागी हुन सहारा युकेको ५० जना बढीको टोली यति बेला पोखरामा रहेको छ ।