काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ कोरोना संक्रमित भएका छन।
एन्फा वरिष्ठ उपाध्यक्ष समेत रहेका पंकजका परिवारका सबै सदस्यलाई कोरोना देखिएको हो । एन्फा प्रवक्ता किरण राईले पंकजलाई कोरोना भएको पुष्टि गरे ।
'स-परिवार सहित उहाँलाई कोरोना पोजिटिभ देखिएको छ ।' राईले भने ।
हाल वरिष्ठ उपाध्यक्ष नेङवाङ उपत्यकानै रहेका छन् ।
परिवारका सबै सदस्यलाई कोरोना पुष्टि भएपछि घरकै एकान्तबासमा रहेका छन् ।