काठमाडौं । प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताअन्तर्गत दोश्रो चरणका खेल सोमबारदेखि सुरु भएको छ ।
बौद्धनाथ विकास समिति र बौद्ध तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित नकआउट प्रतियोगिता खेलाडी सहभागिताका आधारमा सर्वाधिक ठूलो हो ।
प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन् । पुरस्कार राशीका हिसाबले पनि जारी स्नुकर प्रतियोगिता सर्वाधिक हो । १५ लाख भन्दा बढी पुरस्कार राशी रहेको छ ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा कुमारी क्लबका वाङचेङ छापले इटहरीका मन्दिप कट्वाललाई ३–२, विराटनगरका शाहरुख अन्सारीले स्क्वायरका आशिष तामाङलाई ३–२, लास्ट ब्रेकका सनोज खड्गीले आङजीका सुशिल कुश्मालाई ३–० तथा एनआरटीका दीपक मगरले धरानका बले लिम्बूलाई ३–० ले पराजित गरे ।
त्यस्तै विराटनगरका विकास कर्णले लास्ट ब्रेकका नरेश कर्माचार्यलाई ३–०, हेटौडाका निपेश खन्डवालले च्याम्पियनका विरेन शाक्यलाई ३–१ र चामुण्डाका टासी वाङचुकले भैरहवाका सुमन कहरलाई ३–० ले हराए ।