काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दुवाथालनमा नेपालका हिमाल टमटाले स्वर्ण पदक जितेका छन् ।
पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन् । निर्धारित दुरीमा नेपालका हिमाल टमाटाले ५७ मिनेट ३३ सेकेण्डमा पारगरि स्वर्ण पदक हासिल गरेका हुन् ।
यस अघि सोमबार ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी थिइन् ।
पोखरामा भएको प्रतिस्पर्धा नेपालकै लक्ष्मण मल्लले रजत जिते । लक्ष्मण मल्लले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत पदक हासिल गरेका हुन् ।
श्रीलंकाका आशिष परेराले कास्य जिते । उनले ५९ मिनेट ३२ सेकेण्डमा दुरी पार गरे ।
महिलातर्फ श्रीलंकाले स्वर्ण र कास्य पदक प्राप्त गरेको छ । नेपालले रजत पदक हासिल गरेको छ । नेपालकी हुमी बुढा मगरले रजत पदक जितेकी हुन् ।
बुधबार १ स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका खेलाडीहरु मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक÷एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।