काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा अन्तराष्ट्रिय ट्राईयाथलन महासंघको सहयोगमा १३ औं दक्षिण एशियाली खेलकुदलाई मध्य नजर राख्दै निर्णायक कोर्ष सम्पन्न भएको छ ।
कोर्षमा नेपाल र श्रीलङकाका गरि २५ निर्णायकहरुले आईटियु टेक्निकल अफिसियल लेभल वान सेमिनारमा सहभागिता जनाएका थिए ।
दुई दिन सम्म संचालित सेमिनारमा सहभागी निर्णायकहरुलाई अन्तराष्ट्रिय डेभलोपमेन्ट कमिटिकी प्रशिक्षक मलेसियन नागरिक मेलोडी टानले प्रशिक्षण प्रदान गरेकी थिईन् । सो कार्यक्रममा एशियन ट्राईयाथलन महासंघका टेक्निकल डाइरेक्टर कोरियाका कि क्योङ्ग योङ्गको पनि उपस्थिती रहेको थियो ।
प्रशिक्षण कोर्षमा श्रीलङका लगायतका १५ निर्णायकहरुले लेभल वान परिक्षा पास गरेको नेपाल ट्राईयाथलन संघले जनाएको छ ।