काठमाडौं । अर्किड दोश्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्किडले महाकवी देवकोटालाई ४–० गोलले पराजित गर्यो । अर्किडका उमेश कट्वालले २ तथा दिलकुमार तामाङ र द्वारिका ढकालले १–१ गोल गरे ।
एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगितामा पाणिनी ‘ए’ ले काठमाडौं विनायक सदनलाई ३–१ तथा एजीएमले गणेश हिमाललाई २–० गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । फाइनल आइतबार हुने छ ।