काठमाडौं । एसियाली इन्डोर हक्कीमा सहभागी हुन २४ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको चोन्बुरी जाने भएको छ ।
पुरुष खेलाडीमा रन्जित राउत, रोशन चौधरी, नरेन्द्र कार्की, किसन मगर, नवीन क्षेत्री, केशव जोशी, दीपक जोशी, रोमन राना, पुरन वली, परवेज आलम र प्रेम विक रहेका छन् ।
महिलामा कुस्मा राना मगर, सरिता मेचे, सीतामाया बल, उमा गुरुङ, अन्जना चन्द, विन्दु विष्ट, गुडिया सोनार, सरस्वती तामाङ, कमला पुन मगर, निलिमा पाण्डे, देविका विक र समिक्षा पुन छन् ।
प्रशिक्षकमा रञ्जन थापा र बाबुराम नेपाल, व्यवस्थापकमा अमरेश प्रधान र हर्विन्दर सिंह, अफिसियलमा मनोज शर्मा तथा निर्णायकमा अशिम शर्मा रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जुलाई १५ देखि २१ तारिखसम्म हुनेछ ।