पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ ।
नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन मंगलबारसम्म आर्मीले ८३ स्वर्ण पदक जिदै पदक तालिकामा अग्रता कायम गरेको हो । आर्मीले ५४ रजत र ३७ कास्यसहित कुल १७४ पदक हात पारेको छ ।
दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३४ स्वर्ण, २७ रजत र ३८ कास्य पदक सहित ९९ पदक जितेको छ।
अर्को विभागीय टिम एपीएफले २९ स्वर्ण, ३३ रजत र ४८ कास्यपदक सहित कुल ११० पदक हात पार्दै तेस्रो स्थानमा छ।
बागमती प्रदेशले १५ स्वर्ण, २६ रजत र ३० कास्य सहित कुल ७१ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १४ रजत र ३० कास्य पदक सहित ५६ पदक आफ्नो पोल्टामा पारेको छ ।
सुदुर पश्चिम प्रदेशले ७ स्वर्ण, ४ रजत, १९ कास्य सहित ३० पदक, एनआरएनएले ६ स्वर्ण, ७ रजत ४ कास्य सहित १७ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ६ रजत र १७ कास्य पदक सहित २८ पदक, प्रदेश १ ले ३ स्वर्ण १५ रजत र ३१ कास्य सहित ४९ पदक जितेका छन्।
त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र १८ कास्य सहित ३३ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ४ कास्य पदक सहित ६ पदक हात पारेको छ ।