काठमाडौं । नेपाल आर्मी गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । आर्मीले ९ स्वर्ण जित्यो ।
गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगितामा ५ स्वर्णसाथ बाग्मती प्रदेश दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले १ स्वर्ण हात पार्यो ।
बलम्बुमा भएको प्रतियोगिताको पुरुषमा गण्डकीका बुद्ध लामा तथा महिलामा बाग्मतीकी श्रद्धा थापा उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा सात प्रदेश र आर्मीका १ सय ८४ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।