काठमाडौं । आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए ।
ललितपुरको मंगलबजारमा भएको प्रतियोगिताको महिला ४५ केजीमुनि फाइनलमा दीपाले सो क्योकुसिनकी एलिना बमजनलाई हराइन् । पाकोकी सलोनी नगरकोटी तेश्रो र ज्यासमिन दंगाल चौथो स्थानमा रहे । पुरुष÷महिला दुवैमा शीर्ष चार स्थानमा रहने क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्मा, आईएफकेका ब्रान्च चिफ गणेशललाल कक्षपति, आयोजकका अध्यक्ष सुजन देउलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको ललितपुर महानगरपालिकाकी उप मेयर गीता सत्यालले उद्घाटन गरेकी थिइन् ।
प्रतियोगिता १६ पुरुष र ९ महिला गरी २५ खेलाडी सहभागी थिए । पुरुष÷महिलामा १–१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । समापनका अवसर खेलाडीहरु भुपेश शाक्य, महेश केसी र सञ्जय राईलाई सम्मान गरिएको थियो ।