इलाम । खेलको माध्यमबाट पर्यटन प्रर्वद्धनको उद्धेश्यका साथ इलाममा प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ ।
सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा सुरु भएको प्रतियोगितामा आज पहिलो चरणको खेल सम्पन्न भएको हो ।
फिक्कलको कान्दुक फुटसल एरिनामा फागुन ३० गतेसम्म संचालन हुने प्रतियोगितामा ११ इभेन्टमा ७ वटा प्रदेशका ८० जना खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा पुरुष कुमुते तर्फ पुरुषको ५० केजी देखि ६५ केजी माथिको ५ तौल समुहका खेलाडीहरुले सहभागिता जनाएका छन् ।
त्यसैगरी महिला तर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समुहमा प्रतिस्पर्धा भएको छ । प्रतियोगिताको उद्धघाटन सूर्योदय नगर प्रमुख रणबहादुर राई गरे ।
प्रतियोगिता दौरान रेफ्री रिफ्रेसर तालिम समेत राखिएको छ । कार्यक्रममा कराते टिम तयारी संयोजक महेन्द्र राई, बरिष्ठ प्रशिक्षक एवम रेफ्री काउन्सिलका उपाध्यक्ष राम लामा लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको फाइनल खेल सोमबार संचालन हुनेछ ।
कोभिड संक्रमण सुरु भएपछि सूर्योदय क्षेत्रमा कराँते प्रतियोगिता हुन सकेको थिएन् ।
पछिल्लो पटक २०७५ चैत्रमा श्रीअन्तुमा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईको खेलाडी सम्मिलित सातौ अन्तराष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता सम्पन्न भएको थियो ।