विराटनगर । साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्तमा नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । विराटनगरको सहिद रंगशालामा दोस्रो हाफको खेल जारी रहदाँ भारतले पुन अग्रता बनाएको छ ।
६३ औ मिनेटमा भारतकी ग्रेस डाङमेयी ले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाएकी छिन् ।
पहिलो हाफमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।
खेलको सुरुवातबाट नेपालले दबाब बनाएपनि अग्रता भारतले लिएको थियो ।
खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । उनले ३० यार्ड टाढाबाट हानेको प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउन सकिनन् ।
लगत्तै नेपाल सावित्रा भण्डारीको गोलमार्फत खेलमा फर्किएको थियो । खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी हुन् । उनले गिता राईको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल रहिन् ।
पहिलो हाफको ईन्जुरी समयमा फरवार्ड सावित्रा वान भर्सेस वानमा गोल गर्न चुकिन् । उनले प्रहारलाई भारतीय गोलकिपरले असफल बनाउन सफल रहिन् ।