विराटनगर । साफ च्याम्पियनसिप फुटबलको फाईनल खेल सुरु भएको छ । सहिद रंगशालामा नेपाल र भारत दुवै टोली मैदान उत्रिएका छन् ।
मुख्य प्रशिक्षक हरी खड्काले सेमिफाईनलमा उतारेको टिमलाईनै फाईनल खेलमा समावेश गरेका छन् ।
सदा झै नेपालको फरवार्ड लाईन सावित्रा भण्डारी र कप्तान निरु थापाले समालेका छन् ।
मिडफिल्डमा मञ्जलीकुमारी योञ्जन, रोनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत छन् ।
डिफेन्समा हिरा भुजेल, गिता राना, पुनम जर्घामगर र मनमाया लिम्बु यथावत छन् ।
गोलकिपरमा एन्जिला तुम्बाप्पो नियमिति छन् ।
नेपाल चौथो पटक साफ च्याम्पियनसिपको फाईनलमा भारतसंग प्रतिस्पर्धा गर्दैछ ।