काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भईरहेको छ । विराटनगरको सहिद रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपालले २–० को अग्रता लिएको छ ।
नेपालले खेलको १३ औ मिनेटमा मन्जिलीकुमारी योञ्जनको गोलबाट अग्रता लिएको थियो । दायाँ भागबाट पहिलो बार च्यापेर मन्जिलीले उत्कृष्ट गोल गर्न सफल भईन् थिईन् । नेपालले लगत्तै दोस्रो गोल गर्न सफल भयो ।
खेलको १६ औ मिनेटमा सावित्राले भुटानको कमजोर डिफेन्सको फाईदा उठाउदै दोस्रो गोल गर्न सफल भईन् ।
४२ औ मिनेटमा सावित्रा 'वान भर्सेस वान'मा गाेल गर्न चुक्दा नेपालले फराकिलाे अग्रता लिने अवसर गुमाएकाे थियाे ।