काठमाडौं । पाँचौ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धामा उत्रिएका छन् । विराटनगरको सहिद रंगशालामा पहिलो हाफको खेल सुरु भएको छ ।
दुवै टोली जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना सहज बनाउने दाउमा छन् ।
प्रतियोगितामा नेपाल र भुटान सहित ६ टिम सहभागि छन् । अन्तिम समयमा आएर पाकिस्तानले प्रतियोगिता खेल्न नसक्ने बताएकाे थियो ।
हेड टु हेडकाे काे अघि ?
पाँचौ संस्करणको साफमा नेपालले तेस्रो पटक भुटानसंग खेल्दैछ । यसअघि भएका दुवै भेटमा नेपालले जित निकालेको थियो ।
सन् २०१४ मा पाकिस्तान र सन् २०१६ मा भारतमा भएको साफ च्याम्पियनसिपमा दुवै टिम भिडेका थिए । दुवै खेल नेपालले ८–० ले जितेको थियो ।
पाकिस्तानमा भएको तेस्रो संस्करणमा नेपालको जितमा सजना राना, अनु लामा, दिपा राईले दुई दुई गोल गरेका थिए भने मेनुका गिरि र सावित्रा भण्डारीले एक–एक गोल गरेका थिए ।
सन् २०१६ मा भारतमा भएको चौथो संस्करणमा नेपालले भुटानलाई पुन ८–० ले हराएको थियो । सो खेलमा सावित्रा भण्डारी चम्किएकी थिईन् । उनले दोहोरो ह्याट्रिक पुरा गरेकी थिईन् । उनले खेलको ५, ९, २३, ३५, ७२ र ७७ औ मिनेटमा गोल गरिन् । अन्य खेलमा शर्मिला थापा र कुष्णा खत्रीले एक–एक गोल गरेका थिए ।
नेपाली टोली :
गोलकिपर : एन्जिला तुम्बोप्पो सु्ब्वा
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, अमृता जैशी, मनमाया लिम्बु
मिडफिल्डर : मन्जली कुमारी योन्जन, दिपा राई, रेनुका नगरकोटी,अनिता बस्नेत
स्ट्राइकर : सावित्रा भण्डारी,निरु थापा