काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भईरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा अहिले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा काठमाडौं र ललितपुरले गोल रहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले केहि उत्कृष्ट अवसर पाएको थियो । तर, त्यसमा गोल निस्कन सकेन ।
खेलको ३३ काठमाडौंका स्टेफिन समिरले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल पोस्ट बारमा लागेर फर्किएको थियो ।
खेलको ४० औं मिनेटमा ललितपुरका फरवार्ड भिलिम पोसिनकोभिचको पेनाल्टी क्षेत्रबाटको प्रहार फितलो रह्यो ।
आज दुबै टिम जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गर्ने छन् ।
ललितपुरको कप्तानी अन्जन विष्टले गर्ने छन् । टिमको प्रशिक्षकमा प्रदिप हुमागाई रहेका छन् ।