मेसीले गरे सिजनको पहिलो गोल
कप्तान लिओनल मेसीले सिजनको पहिलो गोल गरेको खेलमा इन्टर मियामी विजयी भएको छ। मर्सिडिज–बेन्ज स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा मियामीले एट्लान्टा युनाइटेलाई २–१ ले पाखा लगाएको हो।
कप्तान लिओनल मेसीले सिजनको पहिलो गोल गरेको खेलमा इन्टर मियामी विजयी भएको छ। मर्सिडिज–बेन्ज स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा मियामीले एट्लान्टा युनाइटेलाई २–१ ले पाखा लगाएको हो।
इन्टर मिलनले सिरी ‘ए’ उपाधि रक्षा गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ। शीर्ष स्थानको भिडन्तमा इन्टरले एटलान्टालाई २-० ले हराउँदै लिगको अग्रता तीन अंकले बलियो बनाएको छ।
बुन्डेसलिगामा बायर लेभरकुजेनले आफ्नो पुरानै अन्तिम क्षणको म्याजिक पुनः जीवित पार्दै आइतबार स्टुटगार्टविरुद्ध ४-३ को रोमाञ्चक पुनरागमन जित निकालेको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आइतबार अर्को महत्त्वपूर्ण जित निकाल्दै लगातार १३औं फ्रेन्च लिग उपाधिको यात्रानजिक बनाएको छ।
एट्लेटिको मड्रिडले दुई गोलको अग्रता जोगाउन नसक्दा आइतबार स्पेनिस ला लिगामा बार्सिलोनासँग ४–२ को हार बेहोर्न पुग्यो। रियल मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएपछि यो अर्को ठूलो झड्का हो।
अन्तत: न्युक्यासलको उपाधि प्रतीक्षा ७० वर्षपछि समाप्त भएको छ। न्युक्यासल युनाइटेडले लिभरपुललाई २–१ ले पराजित गर्दै इङ्लिस लिग कप जित्न सफल भएको हो।
उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइलनमा पुगेको छ।
क्रिस्टियन पुलिसिचले शनिबार फेरि गोल गर्दै एसी मिलानलाई सिरी ‘ए’ मा अर्को पुनरागमन जित दिलाए। घरेलु मैदानमा मिलानले कोमोविरुद्ध २–१ को जित निकाल्यो।
म्यानचेस्टर सिटीविरुद्ध २–१ को जित निकाल्दै चेल्सीले शनिबार यो सिजनको पहिलो उपाधि जितेको छ। वुमेन्स लिग कप फाइनल जित्दै चेल्सीले क्वाड्रुपल (एकै सिजन चार) उपाधि जित्ने लक्ष्य जीवित रहेको छ।
स्पेनिस क्लब रियल मड्रिडमा आफ्नो करियरको सुस्त सुरूआतपछि किलियन एमबाप्पेले क्लबका महान् खेलाडीमध्ये एकलाई उछिनिसकेका छन्।
इङ्लिस क्लब नटिङ्घम फरेस्टका लागि च्याम्पियन्स लिगको छनोट झन् नजिकिँदै गएको छ। तर, म्यानचेस्टर सिटीले अझै धेरै मिहिनेत गर्न बाँकी छ।
२३औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलपाटीबाट हुने भएको छ। प्रतियोगिता चैत ९ गतेदेखि रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा सुरु हुने तय छ।