आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

चेल्सीलाई वुमेन्स लिग कप, एकै सिजन चार उपाधिनजिक

आइतबार, ०३ चैत्र २०८१खेलपाटी संवाददाता
चेल्सीलाई वुमेन्स लिग कप, एकै सिजन चार उपाधिनजिक
Loading ad...
mustang rice ad

काठमाडौं। म्यानचेस्टर सिटीविरुद्ध २–१ को जित निकाल्दै चेल्सीले शनिबार यो सिजनको पहिलो उपाधि जितेको छ। वुमेन्स लिग कप फाइनल जित्दै चेल्सीले क्वाड्रुपल (एकै सिजन चार) उपाधि जित्ने लक्ष्य जीवित रहेको छ।

चेल्सी हालसम्म सबै प्रतियोगितामा अपराजित छ। क्लबले वुमेन्स सुपर लिगमा आठ अंकको अग्रता लिएको छ, जसमा उपाधि रक्षा गर्न अझै ६ खेल बाँकी छ। साथै टिम च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ र एफए कपको सेमिफाइनलमा छ।

७७औं मिनेटमा युई हासेगावाको आत्मघाती गोलले चेल्सीलाई जित दिलायो। खेलको आठौं मिनेटमा मायरा रामिरेजले सुरूआती अग्रता दिलाएकी थिइन्। कोलम्बियाली स्ट्राइकर रामिरेजकै राइट–विङबाट आएको क्रसलाई हासेगावाले गल्तीले आफ्नै पोस्टमा पठाएकी थिइन्।

जापानी मिडफिल्डर हासेगावा खेलपछि भावुक देखिइन्। उनलाई टोलीका सहकर्मीले सान्त्वना दिए। ६४औं मिनेटमा मनमोहन गोल गर्दै आओबा फुजिनोले सिटीका लागि बराबरी गोल फर्काएकी थिइन्।

चेल्सीले यसअघि लगातार तीन वुमेन्स लिग कपको फाइनल हारेको थियो। ‘यो कुरा धेरै समय मेरो दिमागमा खेलिरहेको थियो,’ चेल्सी कप्तान मिल्ली ब्राइटले भनिन्, ‘दोस्रो हाफमा सिटीका निरन्तर आक्रमण रोक्न उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।’

उनले थपिन्, ‘हामी कहिल्यै हार नमान्ने मानसिकता राख्छौं। यो चेल्सीको डिएनएमै छ।’

१२ दिनभित्र चार खेल
यो चेल्सी र सिटीबीचको चार भिडन्तमध्ये पहिलो थियो। दुवै टोली च्याम्पियन्स लिगको दुई लेगको क्वार्टरफाइनलमा भिड्दैछन्, जसको पहिलो लेग बुधबार हुनेछ। यी दुई टिमबीच वुमेन्स सुपर लिगको खेल पनि हुनेछ।

चेल्सीका प्रशिक्षक सोनिया बोम्पास्तोरले खेलपछि भनिन्, ‘हाम्रा खेलाडीहरूलाई नियम राम्रोसँग थाहा छ। जित मनाउनु महत्त्वपूर्ण छ, तर बुधबार फेरि सिटीविरुद्ध खेल्नुपर्छ। त्यसैले हामी तयार हुनुपर्छ।’

उनले हाँस्दै थपिन्,‘खेलाडीहरू बेलुका ९ बजेसम्म बाहिर जान सक्छन्, ९:३० मा ओछ्यानमा हुनुपर्छ!’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो