एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका पूर्व डिफेन्डर जेमी करगारले बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बालोन डी'ओर फुटबलको उपाधि जित्ने बताएका छन् ।
इंग्ल्याण्डका पूर्व डिफेन्डर समेत रहेका करगारले मेस्सीले यस पटक लिभरपुलका डिफेन्डर भर्गिल भान डिज्कलाई पछि पार्दै बालोन डी’ओरको उपाधि उचाल्ने बताए ।
भान डिज्कले नेदरल्याण्डलाई युईएफए नेसन्स लिगको उपाधि दिलाउन नसकेको कारण मेस्सीले उपाधि जित्ने करगारले दाबी गरे ।
‘मैले मेस्सीभन्दा अगाडि उसलाई देखेको थिए ।’ करगारले भनेपे, ‘इमानदार भएर सोच्ने हो भने मेस्सी अघि छन् । सेन्टर ब्याकले पाएको तपाईले कमै देख्नु भएको छ ।’
आइतबार राति भएको फाइनलमा पोर्चुगलले नेदरल्याण्डलाई १–० ले हराउदै नेसन्स लिगको उपाधि उचालेको थियो ।
‘अहिले उनले निराश बनाएका छन् । यो विश्वकप वा युरोकप त हैन तर यो देशकोलागि एउटा राम्रो ट्रफी थियो,' करगारले थपे, 'तर मेरो विचारमा बालोन डी’ओर मेस्सीको हो ।’