धनगढी । गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालगंज–११ बाँके र फारवेष्ट पशुपति युवा क्लब धनगढी भिड्ने भएका छन् ।
कैलालीको अत्तरीयामा सोमबार भएको सेमिफाइनलमा जित निकाल्दै दुवैले उपाधि भिडन्त पक्का गरेका हुन् ।
तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा भएको पहिलो सेमिफाइनलमा नेपालगंजले आयोजक पिएफए स्पोर्टस क्लबलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।
नेपालगंजलाई जित दिलाउन विवेक पुन र विनोद केसीले एक एक गोल गरे ।
यस्तै दोस्रो सेमिफाइनलमा फारवेष्टले घोडाघोडी यु्वा क्लबलाई १–० ले पराजित गर्यो । फारवेष्टका लागि चेतमान कडायतले निर्णायक गोल गरे ।
प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई १५/१५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।