एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियाले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा कोलम्बियाले १० खेलाडीमा सिमित पेरुलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पेरुको घरेलु मैदानमा कोलम्बियालाई जित दिलाउन माटिउस उरिबेले दुई गोल गरे । यस्तै डूभान जापटाले एक गोल गरे ।
खेलको दोस्रो हाफमा योसिमार योटुनले रातो कार्ड पाउँदा पेरु १० खेलाडीमा समेटिएको थियो ।
अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको तयारीका लागि कोलम्बियाले पेरुसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
मैत्रीपूर्ण खेल अन्तर्गत नै मेक्सिकोले इक्वेडरलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
त्यस्तै पाराग्वेले ग्वाटेमालालाई २-० ले हराएको छ ।