काठमाडौं । युरो कप छनोटमा जर्मनीले बेलारुसलाई हराउँदै शतप्रतिशत जित कायम राखेको छ । शनिबार भएको खेलमा जर्मनीले बेलारुसलाई २–० ले हराएको हो ।
जर्मनीको जितमा लिरो साने र मार्को रियुसले समान १–१ गोल गरे । खेलको १२ औ मिनेटमा म्यानचेष्टर सिटीका फरवार्ड सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
६२ औ मिनेटमा रियुसले गोल गर्दै जर्मनीको अग्रतालाई दोब्बर बनाउने काम गरे ।
निकिता नौमोभको हेडलाई जर्मनीका म्यानुअल नेउरले विफल बनाउँदा बेलारुसले गोल फर्काउने अवसर गुमाएको थियो ।
समुह सीबाट जर्मनीले २ खेलबाट ६ अंक जोडेको छ । बेलारुस ३ खेलबाट अंक विहिन हुदै तालिकाको पुछारमा छ । जर्मनीले अब पर्सी मंगलबार ईस्टोनियासंग खेल्नेछ ।
समुह सीकै अर्को खेलमा नर्देन आयरल्याण्डले ईस्टोनियालाई २–१ ले हरायो । र तालिकाको शीर्ष स्थान कब्जा ग¥यो । आयरल्याण्ड टिमले ३ खेलबाट ९ अंक जोडेको छ ।
ईस्टोनिया २ खेलमा अझै अंक विहिन हदै चौथो स्थानमा छ ।