एजेन्सी । अफगानिस्तान फुटबल फेडेरेसनका पूर्व अध्यक्ष केरामुदीन करिमलाई फुटबलमा आजिवन प्रतिबन्ध लागेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफगानी राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै करिमलाई आजिवन प्रतिबन्ध लगाएको हो ।
फिफाले गरेको अनुसन्धानमा करिमले महिला खेलाडीलाई पटक पटक यौन दुर्व्यवहार गरेको भेटिएको थियो ।
सन् २०१३ देखि १८ सम्म करिमले ५ महिला खेलाडीमाथि यौन दुर्व्यवहार गरेको फिफाले जनाएको छ ।
यस्तै फिफाले करिमलाई १ मिलियन स्विस फ्रान्क रकम जरिवाना समेत गरेको छ ।
फिफाले करिमलाई गत डिसेम्बरबाटै संघबाट निलम्बन गरेको थियो ।