काठमाडौं । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने भएका छन् ।
मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आज अपरान्ह स्वदेश फर्कने छन् । नेपाली टोली अपरान्ह १२:३० बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपालले फिफा वरियतामा आफूभन्दा तलको मलेसियासंग २-० को हार व्यहोरेको थियो । यस्तै नेपालले आफूभन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग १-१ गोलको बराबरी खेलेको थियो ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले विश्वकपको दोस्रो चरणको छनोट खेल्नेछ ।