एजेन्सी । चेल्सी स्टार विलियमलाई ब्राजिली राष्ट्रिय फुटबल टिममा बोलाईएको छ । मुख्य फरवार्ड नेयमारले चोटका कारण कोपा अमेरिका कप गुमाउने भएपछि विलियमलाई टिममा बोलाईएको हो ।
पीएसजी फरवार्ड नेयमार घुडाँको चोटका कारण महादेशीय प्रतियोगिता गुमाउने पक्का भएपछि मुख्य प्रशिक्षक टिटेले विलियमलाई टिममा बोलाउने निर्णय लिएका हुन् । विलियमले फरवार्ड नेयमारको स्थान लिनेछन् ।
३० बर्षिया विलियमले लुकास मौरा र भिनियस जुनियरलाई पछाडी पार्दै टिममा स्थान बनाएका हुन् ।
मौरा तीनै खेलाडी हुन, जसले टोटेनहमलाई फाईनल पु¥याउने क्रममा सेमिफाईनलको दोस्रो लेगमा अजाक्सविरुद्व ह्याट्रिक गरेका थिए । भिनियस जुनियरलाई रियल मड्रिडले भविष्यको स्टारको रुपमा विकास गरिरहेको छ । तर दुवै खेलाडीलाई पछाडी पार्दै विलियन टिममा फर्किएका हुन् ।
आक्रमक खेलाडी विलियमलाई राष्ट्रिय टिममा बोलाईएको छ । उनले कोपा अमेरिका खेल्नेछन् । ब्राजिली फुटबल संघले बिज्ञप्ती जारी गर्दै भनेको छ ।
टिटेले घोषणा गरेको सुरुवाती २३ सदस्यीय टिममा विलियम अटाएका थिएनन् । उनले सन् २०११ मा ब्राजिली टिमबाट डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमको जर्सीमा ६५ खेल खेल्दै ८ गोल समेत गरेका छन् । उनले विश्वकपमा ब्राजिली टिमबाट प्रतिनिधित्व गरेका छन् । उनले नेयमारको १० नम्बरको जर्सी लगाउनेछन् ।
गत बुधबार कतारसंगको मैत्रीपुर्ण खेलमा नेयमारले चोट बोकेका थिए । आयोजक टिम ब्राजिलले आगामी शनिबार बोलिभियासंग खेल्दै कोपा अमेरिकाको सुरुवात गर्दैछ ।