एजेन्सी । स्पेनले युरो कप छनोटमा अविजित यात्रालाई कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा स्पेनले फारो आईसल्याण्डलाई ४–१ गोल अन्तरले हराएको हो ।
समुह एफको खेलमा सर्जियो रामोसको गोलबाट स्पेनले अग्रता लिएको थियो । खेलको पाँचौ मिनेटमा रामोसले स्पेनलाई अग्रता दिलाएका थिए । जिसस नाभासले १९ औ मिनेटमा अग्रता दोब्बर पारे ।
३० औ मिनेटमा क्लेमिन्ट आलसेनले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरेका थिए । ३४ औ मिनेटमा तैसुर गेस्टसनको आत्मघाति गोलमा स्पेन ३–१ ले अघि बढेको थियो ।
७१ औ मिनेटमा जोसी गयाले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
जितपछि रामोसले स्पेनको जर्सीमा अन्तराष्ट्रिय कीर्तिमान कायम गरेका छन् । रियल मड्रिडका डिफेन्डरले पुर्व सहकर्मी इकर कासिलासको अन्तराष्ट्रिय जितको कीर्तिमान भंग गरेका छन् ।
कासिलासको नाममा १ सय २१ जितको रेकर्ड थियो । शुक्रबार रातिको जितसंगै रामोसले १ सय ६४ खेलमा सो कीर्तिमान भंग गरेका हुन् ।
समुह एफमा रहेको स्पेनको अविजित यात्रा कायमै छ । शीर्ष स्थानको उसले ३ खेलबाट ९ अंक जोडेको छ । पराजित आईसल्याण्ड तालिकाको पुछारमा छ ।