एजेन्सी । चेल्सी फरवार्ड ईडेन हजार्डलार्ई अनुबन्धन गर्न स्पेनिस महारथी रियल मड्रिड सहमत भएको छ । लण्डन क्लब चेल्सीलाई १ सय ५० मिलियन पाउण्ड भन्दा धेरै रकम तिर्दै रियल मड्रिडले प्रिमियर लिगका उत्कृष्ट खेलाडीलाई स्पेन ल्याउन सहमती गरेको हो ।
रियलले हजार्डसंग ५ बर्षको औपचारिक सम्झौता गरेको छ । मेडिकल टेष्ट पुरा गरेर रियलले जुन १३ मा हजार्डलाई सार्वजनीक गर्नेछ ।
चेल्सीमा आबद्व भएपछि बेल्जियमका स्टारले ३ सय ५२ खेलमा १ सय १० गोल गरेका छन् । उनी सन् २०१२ मा लिलीबाट चेल्सी आएका थिए । उनले पछिल्लो हप्ता दुई गोल गर्दै युरोपा लिगको फाईनलमा चेल्सीलाई उपाधि जिताएका थिए ।
सम्झौताको बिषयमा क्लबले लेखेको छ, 'रियल मड्रिड र चेल्सी हजार्डको बिषयमा सहमतीमा पुगेका छौ । स्पेनिस क्लबले शुक्रबार राति भनेको छ, हजार्डले आगामी पाँच सिजनका लागि क्लबसंग अनुबन्धन सम्झौता गरेका छन् । उनी स्यान्टियागो वर्नवेउमा जुन १३ मा देखिनेछन् ।'
रियलले सिजनको तेस्रो खेलाडीको रुपमा हजार्डलाई क्लबमा अनुबन्धन गरेको हो । उसले पोर्टोका डिफेन्डर इडर मिलिटाओ र ईन्ट्याच फ्रैन्कफर्टका फरवार्ड लुका जोभिकलाई समेत यसै सिजन क्लबमा अनुबन्धन गरेको थियो ।
'आशा गर्छु, तिमीले मलाई बुझ्ने छौ । म अर्को अध्याय लेख्न गईरहेको छु । हरेक मानिस जिवनमा आफ्नो सपना अघि बढाउन चाहन्छ ।' उनले लेखेका छन् ।
हजार्डले प्रिमियर लिगमा सफल ७ बर्ष बिताएका थिए । उनले स्टामफोर्ड ब्रिजमा दुई लिग, एक एफ ए कप र दुई युरोपा लिगको उपाधि उचालेका थिए ।