शालिकराम चालिसे
विदुर । नुवाकोटमा जारी दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा आयोजक टिम नुवाकोट ११ सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा विजय युथ क्लब हेटौडालाई २–१ गोल अन्तरले पराजित गर्दै नुवाकोट अन्तिम ४ मा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली नुवाकोटले १० खेलाडीमा सिमित विजय युथलाई पराजित गरेको हो ।
४२ औ मिनेटमा विजय युथका ओका वोटा दोहरो पहेलो कार्ड खादै मैदान छाडेका थिए ।
खेलको पाँचौ मिनेटमा विदेशी खेलाडी रोमियोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औ मिनेटमा उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।
७१ औ यामिक वानलले गोल गर्दै विजयी युथलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन ।
खेलको म्यान अफ दि म्याच नुवाकोट ११ का रोमियो घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।
नुवाकोटले फाईनल प्रवेशका लागि विभागिय टोली पुुलिस र एपीएफको विजेतासंग बुधबार खेल्नेछ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन ।
प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।