काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगको पहिलो खेलमा बराबरीमा खेल्दै अंक बाडेको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा टिसीले फोकाइधो एफसीसंग १-१ गोलको बराबरीमा खेलेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टिसीले बराबरी खेलेको हो ।
खेलको ६५ औं मिनेटमा इस्माइल इसाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ८८ औं मिनेटमा हुसेइन फजिलले गोल गर्दै खेल बराबरी ल्याएका थिए ।
फोकाइधोविरुद्ध विमल सुरुवाती -११ मै खेलेका थिए । यसै सिजन टिसी आएका विमलले पुरै समय मैदान बिताएका थिए ।