काठमाडौं । बेस्ट ग्रुप भिजन दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
कौस्तुभ एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको दोश्रो सेमिफाइनलमा बेस्ट ग्रुपले ग्लोबल पब्लिकलाई २–० गोलले पराजित गर्यो । विजेताका आयुश खड्गी ‘म्यान अफ द म्याच’ घोषित भए ।
उपाधिका लागि बेस्ट ग्रुपले मोनास्टिक विरुद्ध शनिबार प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा मोनास्टिकले नेक्ससलाई टाइब्रेकरमा ४–१ गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।