एजेन्सी । खेलाडी सरुवा बजारमा लागेको प्रतिबन्ध फुकुवाका लागि लण्डन क्लब चेल्सीले कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) मा अपिल गरेको छ ।
कम उमेरका खेलाडी अनुबन्धन गर्दा फिफाको नियम उल्लंघन गरेको भन्दै प्रिमियर लिग क्लब चेल्सीलाई फिफाले २ सिजन खेलाडी किनबेचमा प्रतिबन्ध लगाएको थियो ।
फिफाले प्रतिबन्ध लगाएपछि चेल्सीले प्रतिबन्ध फुकुवाका लागि फिफासंग अपिल गरेको थियो । तर, फिफाले उक्त अपिल खारेज गरेको थियो ।
फिफाले अपिल खारेज गरेपछि चेल्सीले खेलकुदको सर्वोच्च न्यायिक निकाय कासमा अपिल गरेको हो ।
चेल्सीले युवा खेलाडी अनुबन्ध गर्दा १८ बर्ष मुनिका बिदेशी खेलाडी अनुबन्ध गरेको कारण फिफाले प्रतिबन्ध लगाएको हो । चेल्सीले बेरट्रान्ड ट्राओरेसहित १८ बर्ष मुनिका खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको बताएको छ ।
यस्तै फिफाले चेल्सीलाई ४६० मिलियन पाउण्ड जरिवाना समेत गरेको थियो ।