एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान गोलकिपर जियानलुइजी बुफोनले क्लब छाड्ने भएका छन् ।
फ्रेन्च लिग च्याम्पियन पीएसजीले गोलकिपर बुफोनले क्लब छाड्ने पुष्टि गरेको छ । बुफोनले क्लबसंगको सम्झौता नविकरण नगरेको क्लबले जनाएको छ । पीएसजीसंग बुफोनको सम्झौता यसै महिनाको अन्तिमबाट सकिदै छ ।
'आजबाट इटाली बाहिरको मेरो यात्रा सकिएको छ । पीएसजीले नवीकरणको लागि आग्रह गरेको थियो तर मैले स्वीकार गरिन् । किनकि नयाँ अनुभव लिने मेरो चाहना छ ।' बुफोनले भनेका छन् ।
इटालीका पुर्व कप्तान तथा गोलकिपर बुफोन यसै सिजनको सुरुवातमा युभेन्ट्सबाट पीएसजी आएका थिए । यस सिजन बुफोनले पीएसजीबाट २५ खेल खेलेका थिए ।